गैडाकोट । एक युवतीले फेसबुक मार्फत प्रेमको नाटक गरेर एक पुरुषलाई ठगेकी छिन । युवतीलाई २५ लाख रुपैयाँ बढी ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेम गैडाकोट नगरपालिका वडा नम्बर ११ की २६ बर्षीया सम्भावी पौडेल रहेकी छिन । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि चितवन प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै भरतपुर महानगरपालिका वडा न १ का ५३ बर्षीय पुरुषबाट उनले २६ लाख ४५ हजार ७०० रूपैया लिएकी थिइन् ।
फेसबुकमा साथीभएपछिे उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध प्रगाढ बन्दै गयोे । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गएको अनुसन्धानबाट खुलेको छ । यसबाट पुरुष युवतीको नक्कली मायाजालबाट फस्दै गए त्यसपछि आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले ।
तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको पुरुषसंँग भेटघाट र कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिईन । आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि पुरुषले आफू ठगिएको भन्दै ा चितवन प्रहरीमा निवेदन दिए । हाल प्रहरीले युवीतीलाई पक्राउ गरेपछि ठगीको अभियोगमा मुद्दा चलाएको प्रहरीले बताएको छ ।
वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेकी थिइन । ती युवतीले विभिन्न बहाना गर्दै घरमा समस्या भएको भन्दै पटक पटक गरी ती पुरुषबाट रकम ठगेकी थिइन । प्रहरीले युवतीको अन्य पुरुष संगपनि यस्तै ठगी हुने आशंका गरेको छ । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।