चितवन । चितवनमा ट्रकले ठक्कर दिंँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगरनगरपालिका वडा नम्बर १० का उमेश दराई रहेका छन ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज बिहान करीब पांँच बजेको समयमा टांँडी गणेशचोकबाट भरतपुर तर्फ जांँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले ठक्कर दिंँदा साइकल यात्री दराई गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका दराईको भरतपुर अस्पतालमा उपचारको क्रममा ५ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिई फरार रहेको उक्त ट्रकलाई फेला पारी चालक धावा थोकरलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु