चितवन । बर्षौदेखि देशभर रसायनिक मलको हाहाकार भएसंँगै यस बर्ष पनि मलको हाहाकार टड्कारो रुपमा देखिएको छ । सरकारले समयमै मल खरीद प्रक्रिया नबढाउंँदा कृषकले बाली लगाउने बेलामा मलको चर्को अभाव खेप्नु परेको छ । अघिल्ला बर्ष भन्दा यो चालुबर्षपनि मलको चर्को अभाव देखिएको छ । चितवनमा पनि करीब ६ महिनादेखि मलको आपुर्ति हुन सकेको छैन ।
जसले गर्दा अनुदानमा पाइने युरिया, डिएपी, पोटास जस्ता मलको लागि घण्टौं लाईन लाग्नु पर्ने अवस्था पनि ज्यूंँका त्यूंँ छ । कृषिको हबको रुपमा मानिएको चितवनमा पनि किसानले नत अन्नबालीको लागि मल पर्याप्त पाउन सकेका छन त नत तरकारी तथा वागबानी बालीको लागिनै । देशको प्रमुख अन्नबालीको रुपको मानिएको धानको बीउ लगाउने यो बेलासम्म जिल्लाका वितरण गर्ने निकायसंँग कत्तिपनि मोज्दात छैन । जसका कारण जिल्लाका सहकारीले पनि विकल्पको रुपमा ग्रैह अनुदानको रसायनिक मल तथा प्राङ्ग्गारिक मलको भरपर्नु पर्ने अवस्था छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ का किसान गोविन्द सुबेदी युरिया, डिएपी मल नपाएकै कारण विकल्पको रुपमा कम्पेल्क्स भनिने मल हालेर धानको बीउ लगाएको बताउंँछन । ‘अब बीउ अनुसार खेतको प्रकृति अनुसार अहिले कम्पेल्क्स मल हालेको छु हेरौं बीउ कस्तो हुन्छ , उनले भने , आधा भन्दा बढी खाली जग्गाका लागि त डिएपी युरिया मल आउंँछ की भनेर कुरेर बसेको छु ।’ आफूले झण्डै ६ महिनादेखि मल नपाएको बताए । ‘न गहुंँ छर्ने बेलामा मल पाईन्छ , न धान लगाउने बेलामानै अब त कृषि कर्म गरेर बांँच्न पनि गाह्रो भयो ।’ उनको दुखेसो छ । चितवनको पूर्वी क्षेत्रमा चैते धान र बर्षे धानखेती गरिंँदै आईएको छ । अहिले चैते धान थन्क्याउने चटारो त छंँदैछ त्यो भन्दा बढी बर्षे धानको बीउको लागि व्याड बनाउनु पर्ने त्यत्तिकै हतारो र चिन्ता पनि छ । मल नपाएपछि त्यहांँका अधिकांश किसानले नीजि वितरण केन्द्रबाट प्राङ्ग्गारिक मलबाट गुजारा गरेको बताउंँछन ।
खैरहनी नगरपालिकाका किसान अगुवा धर्मराज कंडेल आफूले गत भदौदेखिनै युरिया डिएपी मल नदेखेको बताउंँछन । ‘के गर्ने सरकारको भर परे आफू भौकै भईएला भन्ने डर , उनले भने , प्राङ्गगारिक मल भन्ने ल्याएर हालेका छौं हेरौं कत्तिको धान फल्छ । युरिया डिएपी, पोटास बाहेक मल बाहेक अन्य मल महंगो र उत्पादन दिन नसक्ने उनको अनुभव छ । ’हाम्रो मुख्य खेती नै धान हो । धानलाई भित्रयाउने बेलासम्म ४ पटक रसायनिक मल चाहिन्छ । तर पाईदैन के गर्ने ।’ उनको दुखेसो छ ।
यहांँका सरकारी आपुर्ति निकाय कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले पनि महिनौं देखि युरिया, डिएपी मलको मौज्दात नभएको बताउंँदै आएका छन । यी निकायबाट जिल्लाका कृषि सहकारीहरुमा मल जाने गर्दछ । तर अनुदानको मल नपाएपछि नीजि कम्पनीका मल बिक्री गर्नुपर्ने अवस्था आएको सहकारी सञ्चालकहरु बताउंँछन । भरतपुर महानगरपालिका वडा नम्बर ६ का सर्वोदय कृषि सहकारी संस्थाका अध्यक्ष प्रेमराज कोइराला मल आपुर्ति नभएपछि किसानलाई नीजि कम्पनीको मल विकल्पको रुपमा विक्रि वितरण गर्दै आएको बताउंँछन । ‘कृषि सामाग्रीले पनि मल छैन भन्छ साल्ट ट्रेडिङ्गले पनि आएको छैन भन्छ, कोइरालाले भने, हामीले सहकारीत चलाउनै पर्यो नीजि कम्पनीको मल न्यूनरुपमा भएपनि बेच्दै आएका छौं । त्या पनि सर्टेजनै छ ।’
मल अभाव भएको महिनौं भएपछि आफूहरुले मल आपूर्ति हुने वित्तिकै वितरण गर्ने बताउंँछन जिल्लका सरकारी वितरण केन्द्र । कृषि सामाग्री कम्पनी लिमिटेड, चितवनका प्रमुख राजन बगाले हाल युरिया डिएपी , पोटास कत्तिपनि मौज्दात नभएको बताउंँछन । ‘हामीले पनि सरकारको भरपर्ने हो । मल आएपछि त रोकेका पनि छैनौं । सरकारले मंगलबार ‘जीटुजी’ मार्फत भारतबाट मल आपुर्ति गर्ने प्रक्रिया शुरु गरेको र अन्य मुलुकबाट पनि पहल भएकोले धान लगाउने बेलासम्म मलको आपूर्ति नहुने उनको भनाई छ । ‘जेठको अन्तिम सातासम्म, असारको पहिलो साता देखि अन्तिम सातासम्म मल आउने सुनेका छौं । त्यतिबेलासम्म त मलको अभाव हुंँदैन होला ।’वगालेले भने ।
विगत पांँच महिनादेखि कृषि सामाग्रीमा मल नभएको उनले बताए । मल वितरण गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेसन ,नारायणगढको भनाई पनि उस्तै छ । ‘चैत्रबाट ठ्याप्पै भएको छ , यसको विकल्पमा ग्रैह अनुदानित एसएसपी मल विक्री गरेका छौं ।’ कार्यालय प्रमुख बुद्धि विनोद दाहालले भने । जेठको अन्तिम साता र असारको पहिलो हप्तासम्म मल आउने भनिएकाले धान लगाउने बेलामा कृषकले मल पाउने उनको दाबी छ । ‘हामीले बेच्ने ३० प्रतिशत हो कृषि सामाग्रीले ७० प्रतिशत बेच्छ । जहांँ पहिला आपूर्ति हुन्छ सोही अनुसार वितरण गर्छौ । आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ दाहालले भने ।
ु