चितवन । चितवनका विभिन्न क्षेत्रमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर महानगर पालिका वडा नम्बर ९ स्थित चनौली ३३ केभीको पोल स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका अनुसार भरतपुर महानगरपालिका वडा न। ९ को मिलनचोक नजिक निर्माणाधीन बाटोमा रहेको चनौली ३३ केभी को पोल स्थानान्तरण गर्ने कार्यको लागि बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म लाईन बन्द गर्न लागिएको हो । यो अवधिमा चनौली तथा माडी सबस्टेशन बाट वितरित सम्पूर्ण लाइन बन्द हुने वितरण केन्द्रले एक सूचना जारी गरी जानकारी दिएको हो ।
आजनै मेघौली फिडरको ब्रेकर प्यानलमा मर्मत गर्न इन्कमर पनि काट्नु पर्ने हुँदा दिउसो २ बजे देखि ३ बजेसम्म मेघौली र फुलबारी फिडरको लाइन अनियमित हुन सक्ने समेत सूचनामा जनाईएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु