चितवन । भरतपुर महानगरपालिकामा बसोबास गर्ने सेवाग्राहीले अब समयमै विद्युत महसुल भुक्तान गर्नुपर्ने भएको छ । यसअघि सेवाग्राहीले जरीवाना तिरेर सेवालाई निरन्तरता लिँदै आएपनि आगामी दिनदेखि जतिसुकै महसुल उठेपनि २ महिनाभित्र बक्यौता अनिवार्य तिर्नुपर्ने हुन्छ । भरतपुर वितरण केन्द्रले बिहिबार एक सूचना जारी गरी भरतपुर वितरण केन्द्रका सेवाग्राहीलाई समयमै विद्युत महसुल तिर्न सूचित गराएको हो । केन्द्रका ईञ्जिनियर राजेन्द्र पौडेलले ६० दिनसम्म पनि विद्युत महसुल तिर्ने सबै प्रकारका सेवाग्राहीको लाईन काट्न शुरु गरिएको बताए । लाईन काटेर पुन जडान गर्दा सम्पूर्ण बक्यौता र पुनः जडान खर्च ८४७ रुपैंया थप लाग्ने उनले बताए । केन्द्रले यस समस्याबाट मुक्त हुन समयमै विल भुक्तानी गर्न समेत सेवाग्राहीलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु