चितवन । चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका घर भई खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने विश्वास गुरुङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बेलुका ८ बजेर १० मिनेटमा पुर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउंँदै गरेको व्ज्ण्ज्ञम्ह्ठठ घढ नम्बरको ईण्डियन कारले विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३९००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकल चालक गुरुङ्ग गंम्भिर घाईते भएका थिए ।
गुरुङ्गको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ९ बजेर १६ मिनेटमा मृत्यु भएको हो । गुरुङ्गको दुर्घटना पछि उत्तेजित स्थानीयको भीडले कारलाई तोडफोड गर्नुका साथै राजमार्ग अवरोध गरेका थिए । कार चालक भारत विहार प्रदेश पश्चिम चम्पारण जगदीशपुरका आलोक कुमार लाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल स्थिति केही सामान्य भएपछि दुबै तर्फको बाटो सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।