राप्ती । श्रीमानको क्रुर यातना बाट गम्भिर घाइते गिता माझीलाई आर्थिक सहयोग प्राप्त भएको छ । राप्ती नगरपालिकामा कार्यरत पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले भरतपुर अस्पतालमै गएर उनलाई १०,९५० (१० हजार नौसय पचास )रुपैंया हस्तान्तरण गरेको हो ।
मञ्चका अध्यक्ष राजन दिल गुरुङ सहित सचिव सुरोज बराकोटी र कोषाध्यक्ष सुजा गौतमले अस्पतालको ओसीएमसी फोकल पर्सन हिरा सुवेदीको उपस्थितिमा उनलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
हाल उनको स्वास्थ अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । उहाँको अवस्था पहिले भन्दा सुधार भएको छ । अहिले सामान्य हिँडडुल गर्न सक्नुहुन्छ ।ू फोकल पर्सन सुबेदीले भनिन । आज उनको शल्यक्रिया पनि सफल भएको पनि उनले जानकारी दिइन् ।
खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार सांँझ श्रीमती गिता माझीलाई कोठामा बन्दक बनाई मलद्वारबाट लौरो घुसाएर गम्भिर घाइते गराएका थिए । लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहन सक्ने डाक्टर दीपेन्द्रले बताउनुभयो।
हिंसाबाट प्रभावित महिला सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिरहेको छ ।अस्पताल बाट पाईने औषधि अस्पतालबाटनै उपलब्ध हुने र बाहिरबाट ल्याउनु पर्ने अन्य थप औषधि पनि निःशुल्कनै हुने सुबेदीले बताईन
परिवारमा अन्य कमाउने कोही सदस्यमा नभएको उनको परिवारमा एउटा छोरी बिहे भएको र दुई छोरी साना भएकोले यो रकमबाट पौष्टिक आहाराको निम्ति प्रदान गरिएकोको राप्ती पत्रकार मंचका अध्यक्ष गुरुङ्गको भनाई छ ।