चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १२ की गोलाकार भित्र हसिंया हतँैडाको महिला सदस्यकी उमेदवार लीला अधिकारीले जनताले गरेको विश्वासनै आफनो जित्ने आधार भएको बताएकी छिन् ।
लामो समयदेखि सामाजिक कार्यमा तल्लिन अधिकारीले आफनो उमेदवारी वडाबासीको आवाज सुनेर माइक बनेर टाढा टाढासम्म पु¥याउन दिएको बताइन् । उनले भनिन्, ‘वडाबासीसँगै रहेर सामाजिक कार्यमा छु, कत्तिपय वडाबासीहरु आफनो आवाज उठाउन सक्नुहुन्न दबिएर बस्नुभएको छ उहाँहरुको आवाज माइक बनेर टाढासम्म पु¥याउने मन छ ।’
त्यस्तै अधिकारीले महिलालाई उद्यम र युवालाई शिक्षा दिने रहरका साथ राजनितिमा प्रवेश गरेको बताइन् । उनले भनिन्, मैले पहिले देखिनै समाजिक कार्यमा आफनो योगदान दिँदै आएको छु, अब राजनितिमा लागेर महिलालाई उद्यम र युवालाई शिक्षा दिने रहर छ ।’ अधिकारीले आफु महिलाको आवाज भएको बताउँदै, महिला हिंसाका घटना दबिए भने त्यसलाई निमूल पार्ने समेत बताइन् । ‘वडालाई पादर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, ‘म आर्थिक पाटोमा पादर्शी छु, भ्रष्टाचार हुन दिन्न वडालाई नि पादर्शी बनाउछु । भ्रष्टाचारको गन्धसम्म छिर्न दिन्न । वडाबासीले हिसाब नमागेपनि आफै देखाउँछु ।’
भरतपुर १२ मा शिक्षा, स्वास्थ्य, रोजगारी र सरसफाईलाई मूख्य एजेण्डा बनाई आफुलाई जनताको सेवा गर्ने मन भएकोले जनाताले आफुलाई विश्वास गरे जनताको सेवामा तल्लिन रहने अधिकारीको भनाई छ । उनी आफुले जितेपनि नजितेपनि आफनो सामाजकोलागि आफनो घरको दैलो सदै खुल्ला रहेको भन्दै, अधिकारीले बडाबासीको मायासदैव पाइरहने विश्वास पनि व्यक्त गरिन् ।
भरतपुर १२ मा पाँच दलिय गठबन्धनको तर्फबाट कलम चिन्ह् लिएर वडा अध्यक्ष नरेन्द्र कन्दङ्गवा उमेदवार छन् । लीला अधिकारी नेकपा माओवादी केन्द्रको तर्फबाट गोलाकार भित्र हसियाँ हताँैडाको महिला वडासदस्य हुन् ।
महिलालाई उद्यम र युवालाई शिक्षा दिने रहरका साथ राजनीतिमा प्रवेश गरेको हुंँ : लीला अधिकारी
महिलालाई उद्यम र युवालाई शिक्षा दिने रहरका साथ राजनीतिमा प्रवेश गरेको हुंँ : लीला अधिकारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु