चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न केही गाह्रो नभएको बताउनु भएको छ । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै गठबन्धनको पक्षमा सजिलै जित हुने बताउनु भयो ।।
उहांँले कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता गराउन अब धेरै बल नगर्ने उहाँले संकेत गर्नुभयो । ‘मलाई निर्वाचन जित्न कुनै गाह्रो अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उहांँले भन्नुभयो ।
गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उहांँले उमेदवारी दिने स्वतन्त्रता जो कोहीलाई हुने बताउनु भयो । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा र पछि लाग्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उहांँको भनाई थियो ।
भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा हुनुहुन्छ । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बन्नु भएको छ ।
चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले भरतपुर बसपार्कमा चुनावी सभा जारी छ ।
भरतपुरमा सजिलै चुनाव जितिन्छ : अध्यक्ष प्रचण्ड
भरतपुरमा सजिलै चुनाव जितिन्छ : अध्यक्ष प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु