भरतपुर । चितवनमा चुनावको सरगर्मी बढेसंँगै नेता कार्यकर्ताहरु घरदैलो अभियानलाई तीब्रता दिएका छन । चितवनको सबैभन्दा बढी चर्चित भरतपुर महानगरपालिकामा पनि चुनावी माओल तातिएको छ । भरतपुर महानगरका सबै वडाहरु निर्वाचनमय भएको छ । सत्तागठबन्धनका पांँच दल र विपक्षी गठबन्धनबीच घरदैलोले तीब्रता पाएको हो ।
यसै शिलशिलामा भरतपुर महानगरपालिका वडा नम्बर २ का गठबन्धनका युवा उम्मेदवार मनोज रानाभाटले पनि घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन । उनले सयौ कार्यकर्ताबीच आज रामकृष्ण टोलमा घरदैलो कार्यक्रम गरिएको बताए । सानै देखि राजनितिक तथा सामाजिक कार्यमा सक्रियता दिदै आएका रानाभाटले मतदाताको साथ र आकर्षण आफूतिर तानिएको बताए । ‘मैले आजबाट नै घरदैलो अभियानशुरु गरेको हुंँ, उनले भने , मैले सोचेभन्दा बढी मतदाताको साथ पाएको छु ।’ आफूलाई युवाहरुको साथ र सहयोग संँगै बृद्धबृद्धाको आर्शिवाद पाएको समेत उनले बताए । सो क्रममा प्रतिक्रिया दिदैं उनले आजबाट अभियान शुरु गरेसंँगै आफूले निर्वाचन मतदाताको समस्या र वडाको हरेक समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । ‘म यही ठाउंँमा हुर्के बढेको, यही समाजमा दःुख सुख भोग्दै देख्दै आएको हुंँ । म निष्पक्ष भएर वडाको विकास र सेवामा लाग्नेछु ।’
घरदैलो कार्यक्रममा रामकृष्ण टोलका १५० भन्दा बढी घरमा भेटघाट र मत मागेको उनले बताए ।
भोलिदेखि पनि सो वडाका अन्य टोलहरुमा घरदैलो अभियानलाई निरन्तरता दिईने उनको भनाई छ । भरतपुर महानगरको वडाहरु मध्ये वडा नम्बर २ पनि कांँग्रेसको पकड भएको वडा हो । यहांँ ७ हजार भन्दा बढी मतदाता छन । उनको प्रतिस्पर्धी उम्मेदवारको रुपमा विपक्षी गठबन्धनको रुपमा कृष्ण केसी रहेका छन ।