चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले औषधी उद्योगीलाई सरकारले सहयोग गर्न तयार रहेको बताएका छन । आज चितवन एक्स्पो सेन्टरमा जारी नेपाल फर्मा एक्स्पोको दोस्रो दिन अन्तर्गत नेपालमा औषधि उत्पादनको सभवना र चुनौति बिषयक सरोकारवालबीचको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘औषधीको उत्पादन बढाउनुस, आयात कम गर्न सहयोग गर्नुस । हामी सहयो गर्न तयार छौं । ’डा पौडेलले भने ।हाल नेपालको विदेशी मुद्रा संचिति घट्दै गएको र स्वेदशी उत्पादनको बृद्धि गर्नुपर्ने बेला आएको उनले बताए । ‘विदेशी मुद्रा संचिति घट्दै गएको अवस्थामा तपाईहरुको लागि यो सुनौलो अबसर पनि हो ।’ उनले भने । औषधी नीति परिवर्तन , नयांँ उद्योग खोल्ने र ऐन परिमार्जन र नीति कार्यन्वयन गर्न आफूहरु तयार रहेको उनले बताए । उद्योगीहरुले नेपालमा नीति बनेपनि कार्यान्वयन नभएको उद्योगीको जिज्ञासामा डा पौडेलले भने,‘ कमजोर राष्ट्रहरुको यो नियतिनै हो , हाम्रो जस्तो राष्ट्रको कमजोर पनि त्यही हो, उनले भने, नीति हुन्छ तर बजेट हुंँदैन, भएपनि पनि खर्च हुंँदैन । ’
औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधीको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानीको पनि आवश्यक रहेको बताए । उनले नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधीमा स्वदशमै बृद्धि गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रस्तुतिकरण दिदै संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाल गुणस्तरीय र यहांँ चाहिने र्आैषधी उत्पादन गर्न सक्षम भएको भन्दै नीति कार्यान्वयन गर्न ध्यानाकर्षण गरे । उनले २०३५ सालमा बनेको औषधी हालसम्म पनि अध्यावधिक नभएको भन्दै देशमै औषधी अनुसन्धान प्रयोगशाला बनाइदिन आग्रह गरे । ‘यहांँ सरकारी सहुलियत र सहजीकरणको पनि अभाव छ , अनुसन्धान र विकास साधनस्रोतमा पनि कमी छ ।’ दाहालले भने ।
अन्य उद्योगीहरुले औषधीको कच्चा पदार्थमा भन्सार छुट र मुल्य अभिवृद्धि कर मा छुट हुनुपर्ने माग गर्दै उद्योगको लागि प्रशस्त जग्गाको अभाव तथा प्रक्रिया झण्झट भएको , अनुमति लिंँदा झण्झट बेहोर्नुपरेको भन्दै गुनासो गरेका थिए ।