चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गर्नु भएको छ ।
सभापति राजेश्वर खनालद्वारा आज ९ शुक्रबार बार ०जारी गरिएको बिज्ञप्ति भनिएको छ, ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरु सग विनम्रताका साथ आग्रह गर्दछु ।’
विज्ञप्तिमा अघि भनिएको छ ,‘आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरु होमिएको अवस्था र नेपाली काङ्ग्रेसले गठबन्धनलाइ आत्मसाथ गरी अगाडि बढ्ने कुरालाइ ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुसार चितवन काङ्ग्रेस गठबन्धनलाइ पुर्ण पालना गरि अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु ।’
केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनैपनि काम नगर्न चितवन सभापति खनाल
केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनैपनि काम नगर्न चितवन सभापति खनाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु