भरतपुर, भरतपुर महानगरपालिका वडा नं १३ तथा आसपासका स्थानीहरुले वन्यजन्तु र नदी संरक्षणमा चुनौति रहेको भन्दै चिन्ता प्रकट गरेका छन । २७ औं वन्यजन्तु सप्ताहा को अवसरमा भरतपुर महसनगरपालिका वडा नं १३ को सहयोग र राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानद्धारा आज आयोजित कार्यक्रमका सहभागीहरुले राप्ती नदी र नारायणी नदीलाई संरक्षण गर्न अत्यावश्यक रहेकोमा जोड दिए । ्।ढुक्क सँग पानी पिउन सकिने चितवनका दुइ ठुला नदी हरु आज प्रदुषण हुन थालेपछि उनिहरु चिन्तित बनेका हुन्।
उनीहरुले मानिस सँगै वन्यजन्तुको पनि रमाउने नदीहरु भविष्यमा उपयोग हिन हुन सक्ने भन्दै नदी मा ढल र फोहोर नफाल्न आफुहरु अभियान मा जोडिरहने प्रतिवद्दता व्यक्त गरे । सो क्रममा बोल्दै टोलसुधारका तर्फबाट धनु स्मृति टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण सुवेदीले नदी र वन्यजन्तुको चरण भएको स्थानमा फोहोर नगर्न, घरबाट निस्केका फोहरहरु जथाभाबी नफाल्न अनुरोध गरे । बाटुलीपोखरी मध्यवर्ती वन समुहका अध्यक्ष ज्ञानु सुनारले महिलाहरूलाई आफ्नो घर भित्रैबाट फोहोर जन्य पदार्थको उचित व्यवस्थापन गर्न वर्गीकरण गर्न र सफाइ अभियानमा सक्रिय हुन अनुरोध गरिन्
यसैगरी माध्यमिक विद्यालय गंगानगर प्रधानाध्यापक गणेश सुवेदीले पर्यावरण संरक्षणमा विद्यालय स्तरबाट विद्यार्थीहरुलाई र शिक्षकहरूलाई सहभागी गराई परिणाममुखी कार्यक्रम संचालन गर्न आफू तयार भएको बताए ।नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीका सभापति कृष्णहरी शर्मा ले वन्यजन्तु बाट घाइते हुनेहरुलाइ रेडक्रस मार्फत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको बताए। सभापति घिमिरेले राप्ति, नारायणी नदी जोगाउन गरिएको सरसफाइ अभियानले आफूलाई आकर्षण गरेको बताउँदै वन्यजन्तु संरक्षणमा सरसफाइ अत्यन्त महत्वपूर्ण रहेको बताए ।
पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले वन्यजन्तुको हितमा सबै सरोकारहरु एक भएर लाग्न प्रेरित गराए,समुदायका अगुवाहरुबाट हुने वन ,नदी र वन्यजन्तु जोगाउने सबै खाले कार्यक्रम लाइ आफ्नो सक्दो सहयोग रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्ज कसरा का सहायक संरक्षण अधिकृत राजु घिमिरेले वातावरणीय सन्तुलनका लागि जीवनसङ्ग वन्यजन्तु रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउँदै कर्मचारी, सेना र समुदाय मिलेर शुन्य शिकारीको परिणाम सम्भव भएको उल्लेख गरे।
चितवन राष्ट्रिय निकुञ्जको आम्दानीवाट मध्यवर्ती वरपरका वासीन्दा हरुलाइ बेलाबेलामा वन्यजन्तुको आक्रमण बाट हुने गरेको क्षतिमा राहत दिने गरिएको घिमिरेले बताए। ‘पृथ्वी सबैको साझा घर भएकाले सहअस्तीत्वको भाव ले सबैको हित हुन्छ , मृग हरु प्रशस्त हुनु, तराइमा बाघ देखिनु घाँसे मैदानको व्यवस्थापन राम्रो छ भन्ने हो,नदीमा घडीयाल देखिनु नदी सफा छ भन्ने बुझिन्छ।’ घिमिरेले भने । नारायणीमा डल्फिन देखिनुले नदी अझै नबिग्रेको तर खतरा उन्मुख रहेकोमा सचेत रहन र नदी जोगाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका थिए । साथै उनले राष्ट्रिय निकुञ्ज वरपर का बासिन्दाहरुलाई वन्य जन्तु देखाएर रोजगार सिर्जना गरी आत्मनिर्भर बनाउन सकिने मा जोड दिए।