चितवन । नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनको अध्यक्षमा डाक्टर यम बहादुर विके चयन भएका छन । सोमबार भरतपुरमा सम्पन्न संघको छैठौं , सातौ साधारणसभा तथा चौथो अधिवेशनले डाक्टर विकेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा हेम बहादुर विके चयन भएका छन । अन्य उपाध्यक्षहरुमा त्रिलोक रामदाम, राजु बराली,ननेन्द्र बराली,मोहन पन्थी,रवीन्द्र पन्थी, उत्सव खाती र तारा रसाईली रहेका छन । यस्तै समितिको महासचिवमा गोपाल गहतराज,सचिवहरुमा रमेश सदाशंकर, युवराज सुनार र रुपा बराली ,कोषाध्यक्षमा निलेमान शाक्य,सह कोषाध्यक्षमा विनोदकुमार विश्वकर्मा , प्रवक्तामा विकास बर्मा र सूचना अधिकारीमा लाल बहादुर सेन्चुरी चयन भएका छन । समितिको सदस्यहरुमा जित बहादुर वि.क.जुलेन पोख्रेल, अञ्जन शाक्य,सोमराज विक , डम्बर ध्वज रहेका छन ।
यस्तै संघका सल्लाहाकार संयोजकमा नेपाल सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाईली, अन्य सल्लाहाकारहरुमा विपेन्द्र रामुदामु, चित्र बहादुर खाती,जीवनज्योती विश्वकर्मा र ज्ञानेन्द्र मान शाक्य चयन भएका छन । कार्यक्रम निवर्तमान अध्यक्ष टेक बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।