चितवन । स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रीडमफाइटर ठमेलले जितेको छ । आज (बिहीबार) भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो ।
ठमेलले चितवनलाई टाई ब्रेकरमा ५–४ ले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । टाईब्रेकरमा ठमेलले पाँच गोल गर्दा चितवनको पाचौं प्रहार गोलकिपरले बचाए । खेलको म्यान अफ दि म्याच ठमेलका मुकुन्द थापा भए ।
विजेता ठमेलले ट्रफ्रीसहित नगद एक लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको चितवनले ७५ हजारमा चित्त बुझाएको छ । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले दश हजार प्राप्त गरे ।
चार गोल गरेका ठमेलका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । यस्तै चितवनका अनिल आचार्य उत्कृष्ट डिफेन्डर, चितवनकै सुरेन्द्र चौधरी उत्कृष्ट मिडफिल्डर तथा चितवनकै राजकुमार गुरुङ उत्कृष्ट गोलकिपर भए । उनीहरुले जनही पाँच–पाँच हजार प्राप्त गरे ।