चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीस्थत राजमार्गमा आज नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं. ५ का ५५ वर्षिय भीमबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई अपरान्ह २ बजेर १० मिनेटमा उनको मृत्यु भएको हो ।
मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु