रत्ननगर । रत्तनगरनगरपालिका वडा नम्बर ४ स्थित टांँडी बजार नजिक स्केट पार्क सञ्चालनमा आएको छ । स्केटिङ्ग प्रेमी र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यसहित उक्त पार्क सञ्चालनमा ल्याईएको हो ।
आज एक औपचारिक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख नारायण वनले पार्कको उद्धघाटन गरे ।
उद्दघाटनपछि बोल्दै बनले रत्ननगरमा यस प्रकारको स्केट पार्क सञ्चालनमा ल्याईनु नगरपालिकाको लागि गौरवको बिषय रहेको बताए । ‘स्केटिङ्ग खेलले मनोरञ्जनका साथै शारिरीक तथा मानसिक रुपमा स्वस्थ रहन मदत पुग्ने उनले बताए । ‘पछिल्लो समय मानिसहरु मोबाइल गेम तथा भर्चुवल गेममा भूलेका छन उनले भने, सौराहाको काखैमा यो सञ्चालन ल्याइनु शारिरीक व्यायामको लागि पनि अति उत्तम छ ।’
पार्कमा किशोर युवा तथा वयस्कलाई लक्षित गर्दै यस किसीमको पार्क सञ्चालनमा ल्याईएको हो । सांँढे दुईकठ्ठा क्षेत्रफलमा अवस्थित यो पार्कमा खाजा तथा खानाको लागि क्याफे,अम्ब्रेला स्ट्रिट तथा यथेष्ट पार्किङ्ग सुविधा रहेको छ । पार्कका सञ्चालिका तारा भण्डारी मरहठ्ठाले पोखरामा आफूले यससम्बन्धी अनुभव हासिल गरी सोही अवधारण अनुसार स्केट पार्क सञ्चालनमा ल्याईएको जानकारी दिईन । ‘पर्यटन प्रर्वद्धन पनि होस , खेलप्रेमीको लागि पनि सहज होस भन्ने हेतुले पार्क सञ्चालनमा ल्याएका छौं ।’उनले भनिन
उनका अनुसार स्थानीय, सौराहा आउने पर्यटक तथा स्कुल कलेजका विद्यार्थीलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याईएको हो । करीब ७० लाख लगानीमा ल्याईएको उक्त पार्कमा स्केटिङ्ग गर्न चाहिने स्केट , प्रशिक्षक सहितको सुविधा रहेको छ । यस खेलसम्बन्धी जानकार नै नभएकाले पनि यस खेल सिक्न र जान्न सक्नेछन ।
एकैपटक २० जनाले सम्म खेल्न सक्ने स्केट हलमा हाल प्रतिघण्टा प्रतिव्यक्ति १५० रुपैया शुल्क तोकिएको छ । आगामी दिनमा थप पूर्वाधार सहित यसलाई विस्तार र परिस्कृत गर्दै लैजाने सञ्चालिका मरहठ्ठाको भनाई छ ।