चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन नभएपनि आफूलाई कुनै आपत्ति नभएको बताएका छन । आज भरतपुरमा भरतपुर महानगरपालिकाको नयांँ प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै उनले माओवादीले इतिहासमा गर्दै आएको काम र योगदानको मुल्यांकन गर्न सुझाव दिएका हुन् ।
‘अहिले आजभोली केही साथीहरु भन्न थाल्नुभा छ मिलेर जाने होइन आ –आफ्नो ढंगले जानुपर्छ , उनले भने, ठिकै छ आफ्नो आफ्नो ढंगले गएपनि जान दिनुपर्छ, हामीलाई आपत्ति छैन ।’ ‘आफ्नै ढंगले गएको भए देशमा शान्ति हुन्थ्यो ? आफ्नै ढंगले गएको भए संविधान बन्थ्यो ?’ उनको प्रश्न थियो ।
स्वर्गीैय गिरिजा प्रसाद कोइरालाले सहकार्य सहमती र एकताको मुल मन्त्र अनुसार भनेको कुरा कांँग्रेसले विर्सेको उनको भनाई थियो । स्व कोइरालाले जीवनको उत्तराद्र्धमा आफूले दिएको देशको जिम्मेवारी पुरा गर्दै आएको उनले बताए ।
आफूलाई अप्ठ्यारो पर्दा सहकार्य गर्ने सरकारमा गएपछि धारे हात लगाउने प्रवृत्ति हाबी भएको उनको आरोप थियो ।
अहिले देशलाई संकट पर्दा आफूले समस्या पर्दा आफूले समाधान गरेको बताउंँदै आफू माओवादीको अध्यक्ष मात्र नभई देशकै अध्यक्ष भएको उनको भनाई थियो । उनले अधिकांश समय भरतपुरको विकासको बारेमा चर्चा गरेका थिए ।