चितवन । नेपाली कांग्रेस चितवनले “घर घर जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज बिहीबार बृहत अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाका ९८ वटै स्थानीय तहमा खटिएर जाने प्रतिनिधिहरुलाइ प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रमलाई जगन्नाथ पौडेल र शालिग्राम शर्मा पौडेलले सहजीकरण गर्नु भएको थियोे ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रिय सदस्य अब्दुल सतारले प्रत्येक स्थानीय तहमा खटिएर जाने आफ्ना प्रतिनिधिहरुलाई जनताका सामु कसरी प्रस्तुत हुने भन्ने बारेमा प्रशिक्षण दिइएको बताए । ‘आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरेर हामीले प्रतिनिधि खटाएका हौं ।’नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले भने । काङ्ग्रेसले आफ्ना प्रतिनिधिहरुलाइ चैत १२ गते साढे ११ बजे ९८ वटै स्थानीय तहमा पठाउदंै छ । कार्यक्रम नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।
चितवनमा ‘घर घर जाऔं कांँग्रेस जिताऔं अभियान तीब्र’ : बिहीबार बृहत अभिमुखिकरण तथा प्रशिक्षण
चितवनमा ‘घर घर जाऔं कांँग्रेस जिताऔं अभियान तीब्र’ : बिहीबार बृहत अभिमुखिकरण तथा प्रशिक्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु