चितवन। चितवनमा बुधबारदेखि ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ शुरु भएको छ। कृषि क्षेत्रलाई व्यवसायिकरण आधुनिकिकरण गर्न ‘कृषि यान्त्रिकरणमा बृद्धि व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मुल नारा सहित प्रर्दशनी गर्न लागिएको हो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रविधि केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि व्यवसायी संघको आयोजनामा चितवन उद्योग संघको चितवन एक्स्पो सेन्टरमा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८’ हुने भएको छ ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण तथा औद्योगिकारणमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
संघका अध्यक्ष खोजराज कटुवालले निर्वाहमुखी किसान देखि व्यवसायिक किसानसम्म यान्त्रिकिकरणको पहुंँच पुर्याउन कृषि प्रर्दशनी गर्न लागिएको बताउनु भयो । ‘यो प्रर्दशनी साना मझौला, ठूला , सबैको लागि हो उहाँले भन्नुभयो, यहांँ सय रुपैंयादेखि एक करोड सम्मका सामान,औजार उपकरण , मेशीन उपलब्ध हुनेछन ।’
चार दिनसम्म चल्ने उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रवाधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाईलगायतको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहनेछ। साथै विश्वमा प्रयोग गरिंँदै आएको ड्रोन प्रविधिबाट विषादी औषधी छरिने पनि आकर्षकणको प्रविधि रहने उहांँले जानकारी दिनुभयो ।
उक्त प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता रहने आयोजकले जनाएको छ भने ५२ वटा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु, २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी मेशीन, उपकरणहरु रहनेछन।
प्रदर्शनीमा ७० जिल्लाका करिब १ लाख भन्दा बढीले अवलोकन र २० करोडभन्दा माथि कारोबार हुने अनुमान गरिएको छ। उक्त प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।
प्रर्दशनीमा किसानलाई लक्षित गर्दै कृषि कर्जा मेलालाई पनि प्राथमिकतामा राखिएको २६ वटा बैंकको सहभागित रहने सो मेलामा किसानको कागजजात पुरा भएमा ‘अन द स्पोट’ लोन सिफारीश हुने संघका महासचिव श्रीकृष्ण शर्माले बताउनु भयो । प्रर्दशनीमा विभिन्न विज्ञ , अनुसन्धानकर्ता, कृषक , सरकारी निकाय तथा सरोकारवालाबीच अन्र्तक्रिया हुनेछन । चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले यो प्रर्दशनीले देशभरका किसानका लागि उत्पादन र उत्पादकत्व बढाउन मदत पुग्ने बताउनुभयो । कृषि क्षेत्रलाई प्रविधि मैत्री र व्यवसायीकरण गर्नको लागि पनि यान्त्रिकिकरण प्रर्दशनीको ठुलो भूमिका रहने घिमिरेको भनाई थियो ।