चितवन । चितवनमा चैत ९ गतेदेखि ‘प्रथम भरतपुर मेयर कपतीनदिवसीय र एकदिवसीयक्रिकेट हुने भएको छ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजनामानिर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानतीनदिवसीय र एकदिवसीय क्रिकेट हुने भएको हो ।
एकै पटक दुई विधामा प्रतियोगिता आयोजना गर्न गरिएको इभेन्ट्सका अध्यक्ष राजु चौधरी जानकारी दिए । पहिलो चरणमा चैत ९ देखि ११ गतेसम्मचितवन र मकवानपुर बीच तीन दिवसीय क्रिकेट प्रतियोगिता हुनेछ । त्यसलगत्तै चैत १३ देखि १६ गतेसम्म चितवन, मकवानपुर र नवलपुर बीच त्रिकोणात्मक एकदिवसीय क्रिकेट हुने चौधरीले बताए ।
नेपाललाई टेस्ट राष्ट्र बनाउन सघाउ पु¥याउने उद्देश्यले चितवनमा पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । चितवनमा पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगितलाई चितवन जिल्ला क्रिकेट संघले स्वीकृति प्रदान गरिसकेको छ ।
प्रतियोगिताको प्रवद्र्धकहरुमा भरतपुर महानगरपालिका र चितवन जिल्ला क्रिकेट संघ रहेको छ । इभेन्ट्सले यस अघि चितवन प्रिमियर लिग (सिपिएल) पनि आयोजना गरेको थियो ।