फागुन २४, चितवन । काठमाडौंपछिको आंँखा उपचारमा उत्कृष्ट सेवा दिदै आएको भरतपुर आंँखा अस्पतालले एकैदिन १३५ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गर्न सफल भएको छ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउंँपालिका र जीराभवानी गाउंँपालिकाका चारवटा वडाहरुमा गरेको निशुल्क आंँखा परीक्षण तथा शल्यक्रिया शिविरमा सोमबार सम्म १हजार ७३४ जनाकोे आंँखा परीक्षण गरिएको थियो । अस्पतालले देशभर आंँखा उपचारमा पहुंँच पुरयाउन र विपन्न समुदायलाई लक्षित गरी आंँखा शिविरको आयोजना गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार गाउंँपालिकाको व्यवस्थापन र डांँक फाउण्डेशनको आर्थिक सहयोगमा उक्त शिविर फागुन १९ देखि सञ्चालन हुंँदै आएको छ । उक्त शिविरमा १३५ जनाको सोमबार एकैदिन निशुल्क शल्यक्रिया गरिएको र आंँखाका अन्य विरामीलाई चश्मा तथा औषधी निःशुल्क वितरण गरिएको संयोजक घिमिरेले बताए ।
शिविरमा अस्पतालका चिकित्सक डाक्टर पुष्पा गिरी श्रेष्ठ र डाक्टर राजा हुसेन अन्सारीले आंँखाको उपचार तथा शल्यक्रिया गरेका थिए । आंँखा अस्पतालको इतिहासमै पहिलो पटक डाक्टर गिरीले १३५ जनाको मोतियाविन्दु शल्यक्रिया गरेको घिमिरेको भनाई छ । निशुल्क आंँखा शिविर कार्यक्रम फागुन २५ गते सम्म चल्नेछ । अस्पतालले बढीभन्दा बढी आंँखा बिरामीलाई सेवा लिनसमेत आग्रह गरेको छ ।