चितवन । समृद्धि फाइनान्स कम्पनी लिमिटेड नारायणगढ शाखाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्र्तगत शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । कोरोना महामारीबाट रक्त संकलनमा देखिएको समस्यालाई मध्यनजर गरी उक्त समस्या को न्युनिकरण गर्ने उदेश्यले खुला रक्तदानकार्यक्रम गरिएको शाखा प्रबन्धक विकास सापकोटाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि मिलनरोड टोल विकास संस्था का अध्यक्ष चित्रबहादुर खातीले फाइनान्सले वित्तिय सेवा निर्वाह गर्नुका साथै सामाजिक काम गरेकोमा प्रशंसा गरे । यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जानुका साथै उत्प्रेरणा मिल्ने बताए । कार्यक्रम फाइनान्स कम्पनी नारायणगढका सापकोटाको सभापतित्व सम्पन्न भएको हो ।
नेपाल राष्ट्र बैंक बाट ग वर्ग को इजाजतप्राप्त राष्ट्रीयस्तरको यस कम्पनीले हाल देशभर ५ वटा शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ साथै यस कम्पनीले बचतमा उच्चतम ब्याजदर संगै मोबाइल बैंकिङ सेवा, डेबिट कार्ड सेवा संगै सम्पुर्ण डिजिटल बैंकिङ सेवा उपलब्ध गराउदै आएको जानकारी दिएको छ ।
नारायणगढको समृद्धि फाइनान्सद्धारा रक्तदान कार्यक्रम
नारायणगढको समृद्धि फाइनान्सद्धारा रक्तदान कार्यक्रम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु