काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यही वर्ष सम्पन्न गरिएको जन गणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधवार केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको हो ।
पुरुषको संख्या महिलाको तुलनामा कम छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।
त्यस्तै, जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको छ भने विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको विभागले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु