चितवन । चितवनका चारवटा मालपोत कार्यालय मध्ये सबैभन्दा बढी भीड हुने भरतपुरको मालपोत कार्यालयको सेवा बन्द गरिएको छ । आज कार्यालयले सूचना प्रकाशित गरी कार्यालय प्रमुख सहित चारजनामा संक्रमण देखिएकोले केही दिनको लागि सेवा स्थगित गरिएको जनाएको छ । सूचना अनुसार आजदेखि माघ १६ गतेसम्म सेवा स्थगित हुनेछ । कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिनाले कार्यालय प्रमुख , एक मालपोत अधिकृत र दुईजना सुब्बामा कोरोना संक्रमण भएपछि सेवा प्रवाह स्थगित गर्नुपरेको बताए । ‘रजिष्ट्रेसन फांँटकै कर्मचारी विरामी हुनुभएपछि सेवा दिने विकल्पनै रहेन ।’ उनले भने,
संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले पनि सेवा प्रवाह सुचारु गर्न नसकिएको उनले बताए । आन्तरिक कार्य र अत्यावश्यक कामको लागि भने केही कर्मचारी रहने उनको भनाई छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु