मकवानपुर । मकवानपुरमा अब सार्वजनिक स्थलमा मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमण न्यूनिकरण गर्ने भन्दै मास्क लगाउन कडाई गरेको हो ।
े जिल्ला कोरोना ब्यवस्थापन समितिको आज बसेको बैठकको निर्णय असार सार्वजनिक स्थानमा बिना मास्क हिँडडुल गर्नेहरु उपर संक्रामक रोग ऐन, २०२० बमोजिम सुरक्षाकर्मी मार्फत सय रुपैंया जरीवाना गरिने छ । जिल्ला प्रशासन कार्यालयले अबदेखि सम्पूर्ण नागिरकलाई मास्क लगाई हिंडडुल गर्नहुन अनुरोध समेत गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु