चितवन । चितवनमा भोलि शनिबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बिजुली नआउने भएको छ ।
भरतपुरको गोन्द्राङदेखि जिल्ला प्रशासन चोकसम्मको निर्माणाधीन ६ लेन सडकको पुरानो ३३ केभी लाइन नयाँ निर्मित ३३ केभीमा सार्ने कामका लागि चनौली र पर्सा ३३ केभी लाइन अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार नेपाल विद्युत् प्राधिकरण चनौली ३३रर११ केभी सबस्टेसन, माडी वसन्तपुर ३३र११ केभी सबस्टेसन, पर्सा ३३रर११ केभी सबस्टेसनबाट विद्युत् वितरण हुने स्थानहरुमा लाइन अवरुद्ध हुने छ ।
चितवनमा प्रायजसो प्रत्येक शनिबार मर्मत संभारको नाम बारम्बार विद्युत् अवरुद्ध गरी मर्मतसम्भारको काम गरिंँदै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु