सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंक सोमवार बजार पूँजीकरण ३० खर्ब डलर नाघ्ने पहिलो अमेरिकी कम्पनी बनेको छ ।
कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्च मागबीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयर मूल्य बढेका छन् ।
सन् २०१८ को अगष्टयता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।
बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो ।संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि एप्पलको वृद्धिलाई टेवा दिएको हो । एजेन्सी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु