चितवन। एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नौवटा अवार्डबाट सम्मानित भएको छ । अस्ट्रेलियामा रहेका ७ वटा युनिभर्सिटी र कलेजहरुबाट विभिन्न विधामा एक्सपर्ट सम्मानित भएको हो ।
टोरेन्स युनिभर्सिटीबाट प्लाटिनम एजेन्ट–२०२१ र टप पर्फर्मिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान बिजनेस स्कुलबाट एबोभ एण्ड बियोन्ड अवार्ड–२०२१ का साथै कम्युनिटी इन्गेजमेन्ट÷साउथ एसिया एबोभ एण्ड बियोन्ड अवार्ड–२०२१, आउटस्ट्यान्डिङ पर्फर्मेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटी लगातार दुई वर्षदेखि हाइवेस्ट अचिभर–२०२१ अवार्ड प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै, अस्ट्रेलियन क्याथलिक युनिभर्सिटीबाट २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेसन युनिभर्सिटीबाट प्लाटिनम लेभल, होम्स इस्टिच्युटले टप पर्फर्मिङ एजेन्ट–२०२१ र वेस्टर्न सिड्नी युनिभर्सिटीले प्लाटिनम एजेन्ट अवार्ड–२०२१ बाट सम्मानित गरेको एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेज भरतपुर शाखाका प्रमुख डिल्लीराम अधिकारीले बताए ।
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको विश्वका विभिन्न देशमा गरी ४० भन्दा बढी शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेको पनि उनले बताए ।
लामो समयदेखिको हाम्रो अनुभव र स्तरीय सेवाले अस्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले उच्च मूल्याङ्कन गर्दै अवार्डहरु मार्फत प्रोत्साहन गरेकोले अझै परिष्कृत र जिम्मेवारीपूर्वक काम गर्न हौसला मिलेको भरतपुरका शाखा प्रमुख अधिकारीले जानकारी दिए ।