चितवन, बाग्मती प्रदेशका नवनियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अन्जनी श्रेष्ठलाई चितवनमा भव्य स्वागत गरिएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ ले उनीहरुलाई स्वागत गरेको हो । श्रेष्ठ द्वयलाई स्थानीय तथ कार्यकर्ताले बाजागाजा सहित स्वागत गरेका थिए । भरतपुरको हाकिमचोकबाट भरतपुरको क्यान्सर अस्पतालसम्म बाजा सहित ¥याली पुगेको वडा नम्बर ७ का कांँग्रेस सभापति अध्यक्ष विनोद ढकालले जानकारी दिए । सो क्रममा दुई नेताले क्यान्सर अस्पतालमा रहेको बिपि कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । स्वागतका लागि पुगेका नेता कार्यकर्ताले बधाई तथा शुभकामना दिएका थिए। चितवनका यी नेता उच्च तहमा पुगेको खुसियालीमा सम्मान सहित स्वागत गरिएको सभापति ढकालले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु