चितवन । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको अध्यक्षमा मनोज रानाभाट निर्वाचित भएका छन् । संघको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा लिला बहादुर कुँवर, प्रथम उपाध्यक्षमा सुदर्शन जोशी, द्धितिय उपाध्यक्षमा जनार्दन अधिकारी तथा महासचिवमा हरि प्रसाद न्यौपाने निर्वाचित भएका छन् भने सचिवमा तुलसीप्रसाद सुवेदी तथा कोषाध्यक्षमा राजन कडेंल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा भुवन श्रेष्ठ ,दिपेश श्रेष्ठ, पूर्णचन्द्र सुवेदी , भीमकुमार श्रेष्ठ, दिनेश प्रसाद चापागाईं, रुपेश अधिकारी रहेका छन् । यस्तै अन्य सदस्यहरुमा श्री सापकोटा ,सुरेशजंग पाण्डे, सोमराज र ज्ञान बहादुर भण्डारी रहेका छन । पदेन सदस्यमा निवर्तमान अध्यक्ष रामकृष्ण रहेका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु