चितवन । दिउसो करीब १ बजे नारायणी नदी पुलबाट हामफालेकी महिला माडीकी ३८ बर्षीय मिना कुमारी प्रसाईं रहेको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो करिब १२ः५५ बजेको समयमा पुलमाथिबाट उनी नदीमा हामफालेकी थिईन । स्थानीयले देखेपछि नारायणघाट वडा प्रहरी कार्यालयको टोली उद्धारमा जुटेको थियो । माडी नगरपालिका वडा नम्बर ७ की ती महिलालाई प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल लगेको थियो ।उपचारका क्रममा १ः३० बजे महिलाको मृत्यु भएको चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु