गैंडाकोट । विश्वविद्यालयको ढोका उघार्न तम्तयार विद्यार्थीमाझ अनेकन् विकल्प त हुन्छननै । स्नातकमा पढेको विषय नै आफ्नो भविष्य निर्माणको महत्वपूर्ण आधार हुने भएकाले विद्यार्थी आफलेू कुन शैक्षिक कार्यक्रम पढ्ने, कहाँ पढ्ने, पढ्न कति शुल्क लाग्छ, पढेपछि कस्ता अवसर पाइन्छ लगायतका विषयमा जानकार हुनु अति आवश्यक छ । यस्ता विद्यार्थीलाई लक्षित गर्दै लुम्बिनी आइसीटी क्याम्सले विभिन्न संकायहरुमा अध्ययन अध्यापनलाई तीब्रता दिएको छ । समयसापेक्ष र प्राविधिक शिक्षा सहितको कोर्ष भएका कारण पनि यो क्याम्पस अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको हो ।
किन लुम्बिनी आईसिटी क्याम्पसनै छान्ने ?
यदि सूचना प्रविधि (आईटी) विषयमा रुचि राख्नुहुन्छ भने यसमा पनि धेरै विकल्प तपाईंसामु छन् । नेपालमा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । देशभर ३ सय हाराहारीका कलेजहरुमा स्वदेशी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस्ता आईटी कार्यक्रमको अध्ययन अध्यापन भइरहेको छ ।
यसैबीच आजको समयमा हामी त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याएको बीआईएम (ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट) कार्यक्रम के हो, अरू कार्यक्रमभन्दा कसरी फरक छ, कस्ता विद्यार्थीले पढ्न पाउँछन्, कोर्ष कस्तो छ, शुल्क, पढेपछि कस्ता अवसर छन् र कुन कुन कलेज छन् भन्ने विषयमा जानकारी दिँदै छौं ।
के हो बीआईएम ?
२० वर्षअघि त्रिभुवन विश्वविद्यालयले बीआईएम कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रम त्रिविको व्यवस्थापन संकायअन्तर्गत राखिएको छ । हाल यो कार्यक्रम पढाउने कलेजको संख्या ३६ पुगेको छ ।
बीआईएम कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापन तथा अन्य विषय समावेश गरिएको छ । ४ वर्ष अर्थात् ८ सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित यस कोर्षमा बिजनेश एडमिनिस्ट्रेशन, इकोनोमिक्स, कम्प्युटर साइन्स लगायतका विषय पढ्नुपर्छ । कम्प्युटर साइन्स अन्तर्गत इन्फर्मेशन सिस्टमसँग सम्बन्धित थ्योरीहरू, आइडिया, मेथोड, मोडल लगायतका विषय यसमा समावेश छन् ।
अहिले अरेक क्षेत्र र संघसंस्थाका लागि इन्फर्मेशन म्यानेजमेन्ट एक महत्वपूर्ण र संवेदनशील काम हो । तर प्रयाप्त जनशक्तिको अभावमा यो क्षेत्रमा गुणस्तरीय काम हुन सकिरहेको छैन । यसकारण विद्यार्थीलाई अब्जेक्ट–ओरियन्टेड सफ्टवेयर डिजाइन, मेथोड र डेटा म्यानेजमेन्ट सिस्टमबारे यो शैक्षिक कार्यक्रमले विस्तृत ज्ञान प्रदान गर्ने लुम्बिनी आइसिटी कलेजका बीआईएम कार्यक्रम संयोजक मोदनाथ आचार्य बताउँछन् । मूलतः सूचना प्रविधि र व्यवस्थापकीय सीपहरुलाई समायोजन गरेर बनाइएको शैक्षिक कार्यक्रम भएका कारण बीआईएमलाई विद्यार्थीले रूचाएको विश्लेषण उनको छ ।
अरू र लुम्बिनी आइसीटीमा के फरक छ ?
विद्यार्थीका लागि अन्य आईटी कार्यक्रम पनि उपलब्ध छन् । तर बीआईएम एक पृथक वा स्पेसिफाइड कोर्ष हो । आईटीका अन्य कार्यक्रम भन्दा फरक भनेकै यो आईटी र व्यवस्थापनको संयोजन गरिएको शैक्षिक कार्यक्रम हो । यसकारण मिश्रित प्रकृतिको यो शैक्षिक कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले आईटी र व्यवस्थापन दुवैको ज्ञान हासिल गर्न सक्छन् । हार्डवेयर, सफ्टवेयरका आधारभूतदेखि वृहत् ज्ञान हासिल गर्दै यसको प्रयोग र व्यवस्थापन गर्न यो शैक्षिक कार्यक्रमले सहयोग गर्दछ । यसर्थ व्यवासयिक संगठनका लागि आईटी र म्यानेजमेन्ट पढेका फरक–फरक जनशक्ति राख्नुभन्दा बीआईएम पढेको एउटै जनशक्ति राख्दा पर्याप्त हुन्छ । यसकारण संगठनलाई आर्थिक भार पनि हुँदैन ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
उच्च मावि (कक्षा ११ र १२) मा जीपीए २.६ वा डी प्लस ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । यो विषय पढ्न त्रिवि व्यवस्थापन संकायले लिने सीम्याटको प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ ।
कस्तो छ कोर्ष ?
यसमा फाउन्डेशन कोर्ष २४ क्रेडिट आवर, बिजनेश कोर्ष ३० क्रेडिट आवर, आईटी एण्ड कम्प्युटर कोर्ष ६० क्रेडिट आवर, इलेक्टिभ कोर्ष ६ क्रेडिट आवर र इन्टर्नशिप प्रोजेक्ट ६ क्रेडिट आवर गरी कुल १२६ क्रेडिट आवर रहेको छ ।
शुल्क कति लाग्छ ?
यो ४ वर्षे कोर्स पढ्न कम्तिमा ४ देखि ८ लाख सम्म खर्च लाग्छ। तर क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक हुन सक्छ । कलेजले दिने सेवा सुविधा अनुसार कलेजले शुल्क निर्धारण गरेको पाइन्छ ।
इन्टर्नशिप, प्रोफेसनल ट्रेनिङ र जब प्लेसमेन्टको पनि सुविधा
बीआईंएम कोर्ष सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले पढ्नुपर्ने कोर्ष हो । यसर्थ कलेजले पढाइसँगै इन्टर्नसिप, ट्रेनङि, जब प्लेसमेन्ट आदिका लागि कस्ता गतिविधि गर्दै आएको छ, त्यसको अध्ययन गर्नुहोस् । साथै कलेजले आईटी उद्योगका रहेका कम्पनी र संस्थासँग सहकार्य गरेको छ कि छैन भनेर बुझ्नुहोस् । आफ्नो आईटी करियर उद्योगमा स्थापित गर्न कलेजले ठूलो भूमिका खेल्न सक्ने भएकाले यी कुरामा तपाईं चनाखो हुनुपर्छ ।
पढाइपछिको अवसर
बीआईएम पढेका विद्यार्थीहरूले स्नातकोत्तरमा व्यवस्थापन वा कम्प्युटर साइन्ससम्बन्धी विषय पढ्न सक्छन् । उद्योगमा काम गर्नका लागि भने स्नातक डिग्री नै पर्याप्त हुन्छ । यो कोर्ष व्यवस्थापन र आईटी दुवै विषयको समायोजन भएकाले भविष्यमा आईटी, बैंकिङ क्षेत्र, सरकारी तथा गैरसरकारी संघसंस्था लगायतमा विभिन्न भूमिकामा रहेर काम गर्न सकिन्छ । नेटवर्किङ, सेक्युरिटी, सिस्टम एडमिन, डाटाबेस, सफ्टवेयर इन्जिनियर, एआई तथा क्वालिटी अस्योरेन्स लगायतकाफिल्डमा गएर डेटाबेस डिजाइनर, इन्फर्मेशन सिष्टम म्यानेजर, इन्फर्मेशन एनालिस्ट, इन्फर्मेशन सिस्टम म्यानेजर लगायतका भूमिकामा काम गर्न सकिन्छ । त्यस्तै व्यवस्थापन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्र, बीमा, सरकारी र गैरसकारी संस्थाका विभिन्न पदमा रहेर काम गर्न सकिन्छ । यति मात्रै होइन, बीआईएममा उद्यमशीलताका कोर्षहरु समावेश भएकाले यो कार्यक्रम पढेका विद्यार्थीहरु आफै उद्यमी बन्न सक्छन् ।