चितवन । भरतपुरमा विभिन्न व्यवसाय तथा क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । ३२ करोडको लगानीमा भुकम्प प्रतिरोधात्मक प्रविधिको चितवन मिड टाउन (सिएमटी) रिसोर्ट सञ्चालनमा आएको हो ।
आज भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय , पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याईएको जानकारी दिए । रिसोर्टमा राजमार्ग भएर हिड्ने यात्रुको तथा पाहुनाको लागि यथेष्ट पार्किङ्ग र सबै सुविधा सहितको सेवा दिने उद्धेश्य सहित रिसोर्ट सञ्चालन ल्याइएको हो ।
२०७६ सालबाट निर्माण कार्य शुरु भएको रिसोर्ट हालैमात्र सम्पन्न गरी सेवा शुभारम्भ गरिएको दुवाडीले बताए ।
उनका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीनवटा हल रहेका छन । एकैपटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचन र वातावारणमैत्री विजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीले बताए । आगामी दिनमा डिस्को बार सहितको अत्यधुनिक बसको सुविधा दिन लागिएको बताउंँदै अध्यक्ष दुवाडीले विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकलाई डिनरको सुुविधा सहित घरसम्म पुरयाउने व्यवस्था गरिने बताए ।
राजमार्ग र भरतपुर शहरलाई लक्षित गरी विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याईएको उनको भनाई छ ।
रिसोर्टमा आधुनिक सुविधा सम्पन्न ४२ वटा रुम रहेको र छ रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको छ ।
कार्यक्रममा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भुकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसंँगै सेवा शुरु गर्न लागेको जानकारी दिए । घिमिरेका अनुसार हाल यहांँ सबै गरी ६२ जनाले प्रत्यक्ष रोजागारी पाएको र निकट भविष्यमा यो संख्या सय जनासम्म पुरयाइने छ । एक विघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई तीन भागमा विभाजित गरिएको चितवनहल, मीडहल र टाउनहल गरि वर्गीकृत गरिएको उनले जानकारी दिए । जस अनुसार चितवनहलमा २०० जना क्षमता र मीड हलमा ७०० र टाउन हल दुईहजार जनाको क्षमता रहेको छ । राजमार्ग भएर हिड्ने यात्रुको लागि छोटो समयको लागि आराम गर्ने र सुत्ने सुविधा समेतको व्यवस्था गरिएको घिमिरेले बताए ।