चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेस, चितवनले जिल्ला तथा क्षेत्रीय अधिवेशनको लागि स्थानहरु तोकी सकेको छ । वडा तहको ९८ वडाको निर्वाचन यसअघि नै सम्पन्न भैसकेका छन् । अहिले क्षेत्र, प्रदेश र जिल्ला अधिवेशनको लागि चितवन कांग्रेस जुटिरहेको छ ।
महाधिवेशनमार्फत आगामी तीनै तहको निर्वाचन गर्न नेपाली कांग्रेसले तयारी गरिरहेका बेला वर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठको नेतृत्वमा काँग्रेसले जिल्ला स्तरमा गरेका काम र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाबारे पनि समीक्षा गर्नु सान्दर्भिक हुन्छ ।
२०४८ सालमा शत्तिखोरको चतुमुर्खी माविबाट इकाई समितिको सचिव, २०५० सालमा अध्यक्ष, २०५२ सालमा विरेन्द्र कयाम्पसको इकाई सदस्य, २०५३ मा चितवनको नेवि संघको जिल्ला सदस्य, २०५६मा दुईपटक जिल्ला सचिव, २०६१ मा जिल्ला अध्यक्ष, २०६६मा पार्टीको जिल्ला सदस्य, २०६९ जिल्ला सचिव र २०७२ मा जिल्ला सभापति भई आफ्नो जिम्मेवारीलाई पूरा गरेका श्रेष्ठ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने तयारीमा छन् ।
श्रेष्ठले आफ्नो कार्यकालमा पार्टी, जनजीविकाका विषय तथा समग्र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाका साथै अहिले जिल्ला अधिवेशनलाई सफल पार्न निभाएको जिम्मेवारी एवं आगामी दिनमा उनको भूमिका लगायतका विषयमा गरेको कुराकानीको अंश ः
अन्य दलको तुलनामा चितवन काँग्रेस कस्तो अवस्थामा छ ?
नेपाली कांग्रेस चितवन सांगठनिक रुपमा बलियो छ । नयाँं र पुराना गरी २८ हजार क्रियाशील सदस्यहरु छन् । अहिले पछिल्लो चरणमा संगठनको संरचना र अवस्थामा निकै नै सुधार आएको छ । गएको संघीय स्थानीय निर्वाचनमा कमजोर भएपनि पछि भएको भरतपुर वडा नम्बर १६ खैरहनीको ४ र ५ को निर्वाचनमा जित हासिल ग¥यो । यसबाट प्रमाणित भएको छ कि पछिल्लो समय चितवन कांग्रेस मजबुद बन्दै गएको छ ।
अहिले १४ औं महाधिवेशन अन्तर्गत चितवनको जिल्लाको ९८ वडामध्ये ८८ वडामा सर्वसम्मत र १० वडामा निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न भइसकेको छ । हामीले पार्टीको संगठन मजबुद गरेसंगै आगामी तीन तहको निर्वाचनमा जित्ने गरी संगठनलाई अघि बढाएका छौं टांँडीदेखि माडीसम्म र गोलाघाटदेखि इच्छाकामनासम्मको अहिलेको माहोलले गर्दा सम्पूर्ण काँग्रेस गणमा उत्साह छाएको महसुस गरेको छु ।
जिल्ला सभापतिको रुपमा तपाइँको कार्यकाल कस्तो रह्यो ?
नेपाली कांग्रेस १३ औं महाधिवेशनमा निर्वाचित भएर आएपछि हामीले जिल्ला समितिलाई चुस्त र दुरुस्त चलायौं । जिल्लाका संरचना र सर्वसम्मत वैठकहरु नियमित चलायौं । तथापि स्थानीय र संघीय निर्वाचनमा सोचेजस्तो परिणाम नआउदा हामी पराजित हुनुपर्यो। पार्टीको नेतृत्वको हिसावले परिणाम हासिल गर्न सकेनौ । हाम्रो कार्यकालमा भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्दै गयौं । तर पछिल्लो उपनिर्वाचनमा हामीले हारपनि बेहोर्यौं । जित पनि हासिल गर्यौं । हाम्रो कार्यकाल निर्वाचन गठबन्धन लगायतका विभिन्न कारणले हाम्रो लागि अनुकुल भएन । अब आगामी निर्वाचनमा एक्लै लड्न तयारी अवस्थामा छौं । हामीले चुनाव जित्छौं पनि ।
पहिला र अहिलेमा पार्टीको अवस्थामा के कस्तो सुधार आयो ?
पछिल्लो समय हामीले पार्टीको संरचना सुधार र पार्टी आधुनिक ढंगले प्रविधिमैत्री बनायौं । हामीले हिजोका दिनहरुमा अपेक्षित रुपमा परिणाम प्राप्त गर्न नसकेपनि १३ हजार विभिन्न पार्टीका व्यक्तिहरुलाई कांग्रेस पार्टीमा प्रवेश गरायौं । तर गत स्थानीय निर्वाचनमा हामीले हंँसिया हथौडामा भोट हाल्नु पर्ने बाध्यता बन्यो । त्यसपछि संघीय निर्वाचनमा हलोमा भोट हाल्नु पर्यो यसले गर्दा पार्टीका साथीहरुमा असन्तुष्टी पैदा गरायो । चोट पुग्यो । तर हामी पराजय भएपनि पार्टीका कार्यकर्तामा उत्साह पनि थप्यौं । कम्युनिष्ट पार्टीसंँग एक्लै लड्न सक्छौ भन्ने पाठ, सिकाई भोगाई सबै अनुभव प्राप्त गर्यौ । यसले आगामी चुनाव लड्नको लागि हामीलाई थप अनुभवी बनायो र अब एक्लै लड्नु पर्छ भन्ने यसले विश्वास पनि बढायो ।
नेपाली काँग्रेसमा सधैं विवाद भैरहेका कारण कार्यकर्तामा निराशा छ । अवको महाधिवेशनमा यो विवादको दीर्घकालीन समाधान कसरी होला ?
निर्वाचनमा पार्टीको आन्तरिक रुपमा निश्चित समयमा पक्ष विपक्ष हुनु नौलो कुरा हुँदैन । तर पार्टीमा स्थायी गुट हुनु राम्रो होइन । यस्तो प्रवृत्ति सधैका लागि अन्त्य हुनुपर्छ । गुट उपगुट अन्त्य भयो भने पार्टीको दीर्घकालिन समस्याको अन्त्य हुन्छ ।
तपाइको कार्यकालमा गर्न चाहेका तर नसकेका कामहरु के के हुन् ? र ती अधुरा काम कसरी पूरा गर्नु पर्ला आगामी नेतृत्वले ?
पहिलो कुरा हाम्रो पार्टीभित्रको आन्तरिक स्थायी गुट अन्त्य गरेर एउटा सग्लो, सिंगो एकताको कांँग्रेस बनाउनु पर्छ । हामीमा भएको कमी कमजोरी अझै छन् । यसलाई सुधार्नु अनिवार्य छ । यसलाई पार्टीका तल्लो तहका कार्यकर्ताले पार्टीलाई संँग्लो सिंगो पार्टी बनेको हेर्न चाहेका छन् । तल्लो तहका कार्यकताले गुटउपगुट नभईकन एकता, हार्दिकता चाहेका छन । मेरो पनि कामको शिलशिलामा कमी कमजोरी रहे होलान् । अब हरेक कांग्रेस नेतृत्वले यसलाई मनन गर्नुपर्छ । अब यी कुरालाई पाठ सिक्दै अब जनताले कांग्रेस चाहेको छ । त्यसैले त्यही हिसाबको परिस्कृत, सुसज्जित, मर्यादित कांग्रेस बनाउनु पर्छ ।
मेरो कार्यकालमा विभिन्न घटनाक्रम भए । बिशेष रुपमै राष्टिय रुपमा नेपालका ठूला कम्युनिष्ट पार्टी निर्वाचनको मुखमा आएर एक भए । जसले सोचे अनुसार परिणामप्राप्त गर्न सकिएन । भलै अहिले परिस्थिति फेरिएको छ । मुलुकले काँग्रेस खोजेको छ । मुलुकले कांग्रेस रोजेको छ । जनताले कम्युनिष्टले निकास दिन सक्दैन भन्ने राम्ररी बुझिसकेका छन् । यो बेलामा परिणामलाई व्यवहारमा उतार्ने समय आएको छ । पार्टीमा नेतृत्वहरु परिवर्तन हुदै जालान । नेतृत्व फेरिदैमा सबै कुरा फेरिने होइन समय अनुसार पार्टीलाई परिस्कृत गर्दै लैजानुपर्छ ।
आगामी तिनै तहका निर्वाचनमा काँग्रेस एक्लै लड्नु पर्छ भन्ने तपाइको भनाई रहदै आएको छ तर केन्द्रीय नेतृत्व भने गठबन्धनको पक्षमा छ । यो कसरी अगाडि बढ्ला ?
सरकारमा गठबन्धन गर्ने कुरा अलग बिषय हो । तर कांँग्रसभित्र ठूलो जनमत छ भन्ने कुरा बुझ्नु जरुरी छ । कांँग्रेस कार्यकर्ताले अर्को पार्टीमा, चुनाव चिन्हमा भोट हाल्ने कुरा अत्यन्त पीडादायक कुरा हो । यो मेरो व्यक्तिगत धारणा नभई आम २८ हजार क्रियाशील सदस्यले र समग्र काँग्रेसजनले नै रुखमा भोट हाल्नुपर्ने धारणा राखेका छन् । कम्युनिष्टसंग मिलेर हामीलाई क्षणिक फाइदा होला तर कांँग्रेसलाई दीर्घकालिन रुपमा फाइदा हुंदैन । पार्टीको सिद्धान्त र कार्यदिशातर्फ जानुपर्छ भनेर सधै चितवन कांँग्रेसले आवाज उठाउंँदै आएको छ ।
तपाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै हुनुहुन्छ । यदि जितेमा पार्टीका लागि तपाईको भूमिका कस्तो रहने छ ?
मेरो यसपछिको बाटो भनेको पार्टीको केन्द्रीय तहमा जाने तयारी हो । पार्टीमा आम युवाहरुको अहिले उपस्थिति बढेको छ । कार्यकर्ताहरुले नेतृत्वमा युवाहरुको नेतृत्वको पनि आवश्यकता ठानेका छन् । म पार्टीको सबै तह तप्कामा रहेर चलाईसकेको अवस्थामा अब केन्द्रीय नेतृत्वको लागि साथीहरुको भावना अनुसार केन्द्रीय तहमा जाने मेरो चाहना हो । म सोही अनुसार अघि बढ्नेछु ।
विगतमा पराजित भएको नेपाली काँग्रेस यसपालिको निर्वाचनमा जित्ने आधार के के छन् ?
हाम्रो संगठन नै जित्ने मुख्य आधार हो । अहिले कम्युनिष्टहरुमा राजनीतिक रुपमा विचलन आएको छ । झण्डै दुई तिहाइको मत पाएर पनि सत्ता चलाउन सक्दैनन् भन्ने कम्युनिष्टले प्रमाणित गरेर देखाईसकेका छन् । कम्युनिष्टहरु आफै आफैमा लडेर टुक्रिएका छन् । जसले जनमतको अपमान गर्छ, त्यस्तो राजनीतिक पार्टीको भविष्य उज्जवल देखिँदैन । जनमतको अपमान गर्नेहरु स्वतः परास्त हुँदै जानेछन् । जनताले विकल्पको रुपमा कांँग्रेसलाई नै खोजेको छ । अब हामी आगामी निर्वाचनमा बहुमतका साथ अघि बढ्छौं ।
तपाईले अहिले जिल्लाको वडा तहको निर्वाचन जिम्मेवारीपूर्ण रुपमा सकेर क्षेत्र, प्रदेश, जिल्लाको सक्ने तयारीमा हुनुहुन्छ । तपाईको आगामी राजनीतिक यात्रा कसरी अगाडि बढ्छ ?
मेरो राजनीतिक यात्रा भनेको अहिलेको अधिवेशन शान्ति र सौहार्द्र रुपमा सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने नै हो । मेरो गन्तव्य भनेको पार्टीको केन्द्रीय तह हो । चितवनमा मैले पार्टीमा गरेको नेतृत्व र बलिदानी संग्रह गरेर आम कांँग्रेसको चाहना र भावना अनुसार नै पार्टीको नेतृत्व तहमा गएर नै देशको, समाजको सेवा गर्ने चाहना छ । केन्द्रीय राजनीतिमा सशक्त भूमिका निभाउने चाहना छ ।