चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले यही आउंँदो पुष १५ गते भरतपुरमा लक्की सांगितक सांँझ गर्ने भएको छ । कोरोनाले धराशायी भएको कलाकारिता क्षेत्रलाई उकास्ने र प्रर्वद्धन गर्ने हेतुले मिडिया हाउसले ‘लक्की सांगितिक सांँझ २०७८’ गर्न लागेको हो ।
मौलिक पर्वको रुपमा मानिदै आएको पुषे १५ को अवसर पारेर सांगितिक सांँझ आयोजना गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ूलक्कीूले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चर्चित कलाकार तथा गायक, गायिकाको साथमा सांगितिक सांँझ गर्न लागिएको छ । सांँगितिक सांँझको लागि तयारी प्रक्रिया शुरु भईसकेको उनले बताए । नेपाली कला संस्कृतिलाई संरक्षण र जगेर्ना गर्ने उद्धेश्यसहित भरतपुरमा सांगितिक सांँझ गर्न लागिएको हो ।
सांगितिक सांँझका साथै सांगितिक अवार्ड कार्यक्रम समेत राखिएकोले यस क्षेत्रलाई थप हौसला र उत्साह थपिने मिडियाका हाउसका निर्देशक हेमन्त केसी ूहरिूले बताए । ‘यो साँंझलाई हामीले सांँगितिक क्षेत्रको उत्सवको रुपमा लिएका छौं, निर्देशक केसीले भने, यस्ता कार्यक्रमले कलाकारिता क्षेत्रमा केही टेवा मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।’काठमाडौंको एक सांगितिक संस्था संँग सहकार्य गर्दै अब छिट्टै नै सांँगितिक अवार्ड गर्ने तयारीमा रहेको केसीको भनाई छ ।
स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।
लक्की मिडीया हाउसले भरतपुरमा “लक्की मिडीया सांगितिक सांँझ” गर्दै
लक्की मिडीया हाउसले भरतपुरमा “लक्की मिडीया सांगितिक सांँझ” गर्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु