चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले आगामी स्थानीय तहको निर्वाचनमा अन्य दलहरुलाई हराउनुपर्ने बताएका छन । आज एमालेको भरतपुर महानगर कमीटीको अधिवेशन गर्ने क्रममा एमाले देश बनाउने पार्टी भएको भन्दै कसैको डाह, ईस्र्या नगर्ने आफ्नो पार्टी भएको बताए । सरकारमा रहेका पांँचदलीय गठबन्धलाई लक्षित गर्दै ं उनले भने, स्थानीय चुनावमा धोबीले लुगा पछारेझैं पछार्नुपर्छ । यसका लागि सबैलाई तयार रहन आग्रह गर्दछु ।’
आगामी चुनावमा पांँचदलीय गठबन्धन एकै ठाउंँमा रहेर चुनाव लडेपनि एमाले एक्लै जित्न काफी भएको दाबी गरे । यस अघिको चुनावलाई लक्षित गर्दै उनले भने , छोरी बोकेर कांँग्रेस हिड्यो । हामी बाउलाईनै उठाउंँछौं । आफूले बत्ती निभाएर मतपत्र च्यातेर चुनाव जित्ने पार्टी नभएको भन्दै जनताको पवित्र मतबाट चुनाव जित्ने दाबी गरे । ‘हामीले यहांँ महाधिवेशन गरेपनि जित्छौं नगरेपनि जित्छौं ।’ उनले भने ।
बालबालिका र किशोरकिशोरी नेकपा एमालेप्रति आकर्षित गरेको भन्दै उनले एमालले समाजवाद ल्याउन आधार तयार पारेको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली नै समाजवाद हो ।’ उनले भने ।
अब जाल झेल सेटिङ्ग गरेर दुई तिहाईको सरकार ढालेको भन्दै उनले अब आउने चुनाब आफूले एक्लै दुईतिहाई मतले जितेर सिंहदरबार छिर्ने बताए । असंवैधानिक बाटोबाट सरकार ढालेको र नेकपा एमाले फुटाएको उनको आरोप थियो । ‘नेकपा एमालेलाई परमादेशबाट हटाईयो गलतबाटोबाट हटाईयो ।’ उनले भने ।
स्थानीय तहको चुनावमा धोबीले लुगा पछारेझै पछार्नुपर्छ: अध्यक्ष ओली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु