चितवन । नेपाली कांँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशभर खेलकुदको कार्यक्रमलाई निरन्तरता दिईरहेकी छिन । जिपी फाउण्डेसनद्धारा आज आयोजित कालिका नगरपालिका वडा नम्बर ४ स्थित खेलमैदानमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितको खेल कार्यक्रममा बोल्दै उनले यस्ता कार्यक्रमलाई फाउण्डेशनले प्राथमिकतामा राखेकोे बताइन् ।
फाउण्डेशनले देशभर सञ्जाल विस्तार गरेको भन्दै उनले खेलकुदका कार्यक्रमलाई पनि फाउण्डेशनले देशभर विस्तार गर्ने बताईन् । ‘फाउण्डेशनले देशभर सञ्जाल विस्तार गर्छ उनले भनिन, खेलकुदले वृत्तिविकासको साथै युवाहरुबीच आत्मतीयताको पनि विकास गराउंँछ ।’ आफू जिपी फाउण्डेशनले गरेको यस कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी भएको बताउंँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् । कार्यक्रममा नेपाली कांँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ, अन्य नेतागणले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री सावित्री वोगटी पाठक, सासद गीता वाग्ले, टंक पौडेल,जिल्ला सदस्य नवीन पौडेल, भातृसंगठनका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम फुटबल खेल प्रतियोगितका संयोजक राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कात्तिक ७ गतेदेखि शुरु भएको खेल कात्तिक ७ शुरु भएको प्रतियोगिता कात्तिक १७ गते सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम विजेताले १ लाख २५ हजार द्धितिय विजेताले ७५ हजार नगदको साथै मेडल र ट्रफी पाउनेछन । प्रतियोगितामा १२ समुह सहभागी रहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजन सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग, नारायणगढले गरेको छ ।
जीपी फाउण्डेशनले देशभर खेलकुद कार्यक्रमलाई निरन्तरता दिन्छ : कांँग्रेस नेतृ कोइराला
जीपी फाउण्डेशनले देशभर खेलकुद कार्यक्रमलाई निरन्तरता दिन्छ : कांँग्रेस नेतृ कोइराला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु