काठमाडौं । श्रीलंकाका लाहिरु कुमारा र वानिन्दु हर्शरंगाको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स ४४ रनमै अल आउट भएको छ ।
टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ले १० ओभर खेलर सम्पूर्ण विकेट गुमाउँदै मात्र ४४ रन बनायो ।
नेदरल्यान्ड्सका लागि कोलिन अर्कमानले ११ रन बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ श्रीलंकाका लागि लाहिरु कुमारा र वानिन्दु हर्शरंगाले समान तीन–तीन विकेट लिए ।
महेश ठेकास्नाले दुई विकेट लिँदा दुश्मान्थ चामेराले एक विकेट लिए ।
आजको खेलमा श्रीलंका सहज जित निकाल्दै सुपर–१२ मा आफूलाई बलियो टोलीको दावेदारी दिने योजनामा रहेको छ ।
यता नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै सुखद बिदाइ गर्ने योजनामा छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु