काठमाडौं । रोबेर्टाे फिमिन्होको ह्यट्रिको सहयोगमा प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाटफोर्डमाथि ५–० गोलको जित निकालेको हो ।
वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउँन रोबोर्टाे फिर्मिन्होले ह्याट्रिक पूरा गरे । त्यस्तै साडियो माने र मोहमद सालहाले समान एक–एक गोल गरे ।
लिभरपुलका फरवार्ड साडियो मानेले प्रिमियर लिगमा १०० गोल पूरा गरे । खेलको नवौँ मिनेटमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ३७औँ मिनेटमा फ्रिमिन्होले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको लिभरपुले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।
खेलको ५२औँ मिनेटमा फ्रिमिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को बनाए । ५४औँ मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ४–० को बनाए ।
खेलको इन्ज्यूरी समयमा फ्रिमिन्होले ह्याट्रिक पूरा गरे ।
जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लेको छ । लिगमा ८ खेल खेलेको लिभरपुलले १८ अङ्क जोडेको छ ।
पराजित वाटफोर्ड ७ अङ्कका साथ तालिकाको १५औँ स्थानमा छ ।