चितवन । चितवन उद्योग संघको ३० औं साधारण सभा एवं १६ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले त्रिलोचन कँडेलको नेतृत्वमा तीन बर्षका लागि नयाँ समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा सुर्य प्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जिवी पोखरेल, तारा वहादुर कार्की चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा गोविन्द्रप्रसाद खनाल, युवराज पाठक, चन्द्रकान्त सुवेदी, सुदिप कुमार ओली, भोजराज खनाल रहेका छन । यस्तै अन्य सदस्यहरुमा नरबहादुर नेपाल,प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, डा प्रमोद लामिछाने, दिनुप कुमार बराल, दण्डपाणि भट्ट, महेन्द्र वहादुर बानियाँ, पुरुषोत्तम रिजाल, अमर घिमिरे, प्रमेश्वर भण्डारी, चन्दना कोइराला, दुर्गालाल सापकोटा, पार्वती कुवँर, सुरेन्द्र कार्की, वसन्त पौडेल र विशाल चापागाई चयन भएका हुन् ।
कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्ष तथा गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहट्टाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमितिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।