चितवन, २० असोज – नेपाल रग्बी संघ चितवन गठन गरिएको छ । आज (बुधवार) संघको पहिलो बैठकबाट सुमन पौडेलको अध्यक्षतामा नौ सदस्यीय सार्यसमिति गठन गरिएको हो ।
संघको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा डेन बहादुर थापा, सहसचिवमा बिनिता पौडल र कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा सागर कार्की, विमोचन आर्चाय, दुर्गा थापा र सबिता अधिकारी चयन भएका छन् ।
संघको सल्लाहकारमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले र व्यवसायी मनिस गोस्वमी रहेका छन् ।
बैठकमा नेपाल रग्बी संघका केन्द्रीय अध्यक्ष टंकलाल घिसिङले नेपालमा रग्बी खेलको सम्भावन र चुनौतीको बारेमा मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष सुमन पौडेलले जिल्लामा रग्बी खेलको विकास र थप अवसर सिर्जना गर्न नवगठित समितिले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सन २०१८ सेप्टेम्बरमा पहिलो पटक चितवनमा रग्बी खेल प्रवर्द्धन र खेलाडी उत्पादनमा विशेष भूमिका निभएका युवा उत्प्रेरक विनोद पौडेलको संरक्षकत्वमा चितवन रग्बी संघको गठन भएको थियो ।