चितवन । हरेक बर्षझैं यसबर्षको चाडपर्वमा पनि सम्भावित अप्रिय घटना तथा दुर्घटनाको न्यूनिकरण गर्न शान्तिपूर्णरुपमा मनाउने वातावरण सिर्जना गर्न चितवन प्रहरीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ लागू गरेको छ । असोज १० गतेदेखिनै सुरक्षा योजना प्रक्रिया शुरु भएपनि हालसम्म करीब सबै प्रक्रिया सम्पन्न भई कार्यान्वयन चरणमा गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यसका लागि जिल्लाभरकमा नेपाल प्रहरी ७३७ र थप ट्राफिक प्रहरीको टोली रहनेछ ।
चितवन प्रहरीले दसैँ, तिहार र छठ पर्वसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जिल्लामा कुनै घटना तथा दुर्घटना भएमा तत्काल उद्धार गर्नका लाग क्विक रेस्पोन्स टिम ९क्यूआरटी० सहितको सुरक्षा योजना निर्माण भएको बताए । यसका लागि गाडी र मोटरसाइकलमा गरी २७ वटा क्युआरटी तयार पारिएको जानकारी दिए । भरतपुरमा मात्रै ९ वटा क्युआरटी रहने छन ।
जिल्लामा नियमित बाहेक ट्राफिक प्रहरी सहितको १२ वटा स्थानमा संयुक्त चेकिङ गरिने थापाले बताए । बढी भिडभाड हुने ठाउँ तथा अपराधिक घटनाहरु हुनसक्ने ठाउँमा संयुक्त चेकिङ गरिने थापाको भनाई छ । त्यस्तै जिल्लाका चार स्थानका सीमा नाका ९पुलचोक, लोथर, माडी र मुग्लिन०मा चेक प्वाइन्ट निर्माण गरिने थापाले जानकारी दिए ।
विशेष सुरक्षा योजनामा चार पाङ्ग्रे सवारीसाधन सहित जिल्लामा ११ वटा मोबाइल गस्ती टोली तयारी रहने बताईएको छ । यसैगरी ३० स्थानमा पैदल गस्ती र पिकेट ड्युटीको टोली परिचालन गरिने थापाले बताए । जिल्लामा पिकेट ड्युटी टोली, धार्मिक र पर्यटकीय स्थलको सुरक्षा, बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबार बढी हुने स्थानमा सादा पोसाकका प्रहरी, पैदल गस्तीका प्रहरी र मोबाइल क्युआरटी सहितको प्रहरी टोली परिचालन गरिने उनले बताए ।
जिल्लामा सादा पोसाकमा परिचालन गरिएका प्रहरीले संवेदनशील क्षेत्रको निरन्तर निगरानी र त्यहाँको वस्तुस्थितिबारे दिनहुंँ सूचना संकलन तथा रिपोर्टिङ हुने थापाको भनाइ छ । त्यस्तै राजमार्गमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनमा सुरक्षाको प्रबन्ध मिलाउँदै आवश्यकताअनुसार हतियारसहितको सुरक्षाकर्मी समेत परिचालन गरिने छ । लामो दूरीका सवारीसाधनमा दुई वटा चालक भए नभएको तथा सम्भावित लुटपाटको घटना नियन्त्रणका लागि हतियारसहितका प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार जिल्लामा ७३७ जना जनशक्ति परिचालन हुने थापाको भनाइ छ । त्यसैगरी, जिल्लाका विभिन्न तीन स्थानमा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । नारायणगढको पुलचोक, पोखरा बसपार्क र केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि रहने बताइएको छ ।
यात्रु सहायता कक्षबाट यात्रुहरुको पिरमर्काको समाधान तथा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन सहजिकरण गरिने थापाले बताए । यात्रु ठग्ने र बढी भाडा लिने सवारीसाधनलाई तत्काल कारबाही गर्नेगरी चितवनमा कार्यदल बनेको छ ।
शुरु गर्यो चितवन प्रहरीले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना , ७३७ जना प्रहरी परिचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु