काठमाडौं । सुमन लामाको गोलमा नेपालले साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध अग्रता लिएको छ ।
नेपालले श्रीलंकाविरुद्ध ३०औँ मिनेटमा अग्रता लिएको हो । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको सुजल श्रेष्ठको स्थानमा सुमनलाई मौका थिए । उनै सुमनले नेपाललाई ३०औँ मिनेटमा अग्रता दिए । नेपालले पहिलो खेलमा पनि आयोजक माल्दिभ्सलाई १–० ले हराएको थियो ।
माल्दिभ्सविरुद्धको खेलमा नेपालले आज दुई खेलाडी परिवर्तन गरेको थियो । दीनेश राजवंशीको स्थानमा विशाल राई र सुजलको स्थानमा सुमनलाई मौका दिएका थिए ।
नवौँ मिनेटमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रेफ्रीको निर्णयमा प्रतिवाद गरेपछि पहेँलो कार्डको सामना गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु