काठमाडौं । लेस्टर सिटीले प्रिमियर लिग फुटबलमा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा लेस्टरले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको हो ।
लेस्टरले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लेस्टरका लागि खेलको ३१औँ मिनेटमा किलेची हेनान्चोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
३७औँ मिनेटमा जिम्मी भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता बनाएको लेस्टरले दोस्रो हाफमा दुई गोल खान पुग्यो ।
क्रिस्टलका लागि खेलको ६१औँ मिनेटमा मिहेल ओलीसेले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए ।
७२औँ मिनेटमा क्रिस्टलका लागि जेफ्रे सलुपले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै लेस्टरले ७ खेलबाट ८ अंक जोडेको छ । लेस्टर तालिकाको १३औँ स्थानमा रहेको छ ।
यता क्रिस्टल ७ अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।