चितवन । चितवनको खैरहनी र राप्ती नगरपालिकामा नेपाली काग्रेसको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । दुवै नगर समितिमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।
जिल्लाको खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ विजयी भएका छन । निवर्तमान सभापति शशिकुमार खनियाँलाई पराजीत गर्दै गुणराज श्रेष्ठ नगर सभापति बनेका हुन् । खनियाँलाई श्रेष्ठले ३ मतान्तरले पराजित गरेका हुन् । आइतबार बिहान २ बजेतिर सार्वजनिक अन्तिम मतपरिणामअनुसार सभापतिमा विजयी श्रेष्ठले १४५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी खनियाँले १४२ मत ल्याए ।
व्यावसायिक संस्थाको कुशल नेतृत्व सम्पन्न गरिसकेका श्रेष्ठ पार्टीगतरुपमा निर्वाचित भएको यो पहिलो पटक हो ।
सभापतिमा श्रेष्ठले जिते हासिल गरे पनि अन्य पदाधिकारीमा भने खनियाँ प्यानलबाट ४ जना निर्वाचित भए । नगर उपसभापतिमा खनियाँ प्यानलबाट प्रेमप्रसाद रेग्मी १४२ मत र विक्रम पञ्जियार १३५ मतका साथ विजयी भए । सचिवमा भने दुवै प्यानलबाट एक एक जना निर्वाचित भए ।
श्रेष्ठ प्यानलबाट टीकादत्त इटनी १५३ मत तथा अनुप अधिकारी १५५ मत ल्याएर निर्वाचित भएका हुन् । सहसचिवमा श्रेष्ठ प्यानलकी अमृता उप्रेती १३६ मत तथा खनियाँ प्यानलका राजेन्द्र रिजाल १३९ मतका साथ विजयी भएका छन । यस्तै
राप्ती नगरपालिकामा युवा नेता देवेन्द्र लामा निर्वाचित भएका छन । आफ्ना प्रतिस्पर्धी नारायण उप्रेतीलाई हराउंँदै जित हांँसिल गरेका हुन् । निर्वाचनमा लामाको प्यानलमै विजयी भएको छ ।
सभापतिमा निर्वाचित युवा नेता लामाले कुल खसेको मतमा १२७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी उप्रेतीले ८७ मत ल्याए । लामा राप्ती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षसमेत हुन् । लामा र उप्रेती दुवैले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । लामाको प्यानलबाट उपसभापतिमा अनिता खरेल १२९ मत र कृष्णप्रसाद पाण्डे ११७ मतका साथ विजयी भए ।
सचिवमा राजकुमार सिलवाल १२९ मत र लक्ष्मी कँडेल ११५ मत, सहसचिवमा सारा प्रजा १०९ मत र मनोज तामाङ ११६ मतका साथ निर्वाचित भएका छन ।