जनकपुरधाम । रौतहटमा ४० किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार गौर नगरपालिका–४ गौर बसपार्कबाट सर्लाही मलंगवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ परेको हो ।
रौतहटका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाका अनुसार चेक जाँच गर्ने क्रममा बस काउन्टरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सोनारले दुईवटा झोलामा ४० किलो चाँदी लुकाइछिपाई भारत पठाउन लागेको प्रहरीले जानकारी दिनएको छ ।
प्ररहीकाअनुसार बरामद गरिएको चाँदीको बजार मूल्य ३९ लाख ४४ हजार पर्न जान्छ । सोनारलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
कारोना महामारीका कारण नेपाल भारतको सीमा बन्द छ । तर, कारोबारीहरूले अनेक बाटो र शैली अपनाएर तस्करी गरिरहेको देखिन्छ । पछिल्लो समय चाँदी ओसारपसार निकै बढेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु