सीएनएन । अफगानिस्तानको काबुल नगर सरकारका महिला कर्मचारीहरूलाई घरमै बस्न आदेश दिइएको छ । तालिबानले लागु गरेको पछिल्लो प्रतिबन्धहरूमा पुरुषले गर्न नसक्ने काम गर्न मात्र महिलालाई गर्न अनुमति दिइएको छ ।
काबुलका कार्यवाहक मेयर हमदुल्लाह नोहमानीले आइतबार गरेको घोषणा अनुसार अफगान राजधानीमा महिलाहरूलाई सरकारी काम गर्न प्रतिबन्ध लगाइएको छ । उक्त घोषणा अनुसार काबुल सरकारको लागि महिलाले केवल महिला शौचालयहरू सफा गर्ने काम गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु