काठमाडौं ।राष्ट्रिय सभाको आज बसेको बैठकले विनियोजन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको बिरोधकाबीच बहुमतले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाको आजको बैठकमा पनि बैठक सुरुहुनासाथ नेकपा एमालेका सांसदहरू उठेर बिरोध जनाउनुभएको थियो ।त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एमाले सांसद लाई बोल्न समय दिनुभएपछि एमाले सांसदहरुले पार्टीले कारवाहीकालागि सिफारिस गरेको १४ जना सांसदलाई पदमुक्त नगरिएकाले बिरोध जारी राखेको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते बिहीबार दिनको २ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु