काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ९३ रनको लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरका सम्पूर्ण विकेट गुमाएर ९२ रन बनायो । बैंगलोरका लागि देबदत्त पाडिकलले सर्वाधिक २२ रन बनाए । त्यस्तै साकिर भर्टाले १६ रन बनाउँदा हर्सल पटेलले १२ रन जोडे ।
बलिङतर्फ कोलकाताका लागि बरुन चक्रवर्ती र आन्द्रे रशलले समान तीन–तीन विकेट लिए । त्यस्तै लकी फर्गुसनले २ विकेट लिँदा प्रसिद कृष्णाले एक विकेट लिए ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । प्रतियोगितामा कमजोर बनेको कोलकाता आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।
प्रतिगितामा ७ खेल खेलेको कोलकाताले ४ अंक जोडेको छ । कोलकाता अंक तालिकाको सातौँ स्थानमा छ । यता बैंगलोरले ७ खेलबाट १० अंक जोडेको छ । बैंगलोर अंक तालिकाको तेस्रो स्थानमा छ ।